मङ्सिर ७ फिदिम। पाँचथरमा प्रतिनिधिसभातर्फका गठबन्धनका कांग्रेस उम्मेदवार भिष्मराज आङ्देम्बेले आठ हाजर ७९६ मत प्राप्त गर्दै अगाडि आउनुभएको छ ।उहाँलाई एमाले उम्मेदवार बसन्तकुमार नेम्बाङले आठ हजार २०५ मतका साथ पछ्याउदै हुनुहुन्छ । यसअघि दुई सय मतले अगाडि रहनुभएका आङ्देम्बे अहिले ५९१ मतले अग्रस्थानमा हुनुहुन्छ ।
यहाँको प्रदेश ‘क’ मा अगाडि रहेका नेकपा एसका उम्मेदवार कमल प्रसाद जवेगुलाई एमाले उम्मेदवार राजकुमार भण्डारीले पछाडि पार्नुभएको छ । जारी गणनाबाट पछिल्लो प्राप्त मत राजकुमार भण्डारीको आठ हजार १० र जवेगुको सात हजार ९५० रहेको छ ।
मतगणना सुरु भएदेखि लगातार अग्रस्थानमा रहनुभएका जवेगु बुधबार विहानबाट पछाडी पर्नुभएको हो । प्रदेश ‘ख’ मा नेकपा माओवादीका इन्द्रबहादुर आङ्बो दुई हजार ४०९ को धरै फराकिलो मत अन्तरले अगाडि बढ्नु भएको छ । उहाँको हालको मत नौं हजार नौं सय १५ छ भने निकटतम प्रतिश्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्बाङको सात हजार पाँच सय ६ मात्र रहेको छ ।