मङ्सिर ७ काठमाडौं । काठमाडौं क्षेत्र नं. २ प्रदेश (ख)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजु विष्ट विजयी हुनुभएको छ ।
विष्टले १२ हजार १६३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिनुभयो ।
उहाँका प्रतिद्वन्दी नेकपा (एमाले)का सुवर्ण श्रेष्ठले नौ हजार ९० मत प्राप्त गर्नुभएको छ ।