मंसिर ७ काठमाडौं : कैलाली क्षेत्र नम्बर १ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठको अग्रता कायमै छ। उनलाई पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी दोस्रो नम्बरमा छन्। उनीहरु बीच ६ हजार ६२ मतान्तर रहेको छ।
श्रेष्ठले अहिलेसम्म १४ हजार ९१४ मत ल्याएकी छन् भने चौधरीले ८ हजार ८५२ मत ल्याएका छन् । त्यस्तै, नेकपा एमालेका तपेन्द्रबहादुर रावल ३ हजार १६३ मत सहित तेस्रो नम्बरमा छन्।