बिहीबार , कात्तिक १५ गते २०८१

काभ्रेका दुईवटा प्रतिनिधिसभामा माओवादी र काँग्रेस अगाडि

काभ्रेका दुईवटा प्रतिनिधिसभामा माओवादी र काँग्रेस अगाडि

अखबार दैनिक
बुधबार, मंसिर ७ २०७९
  • काभ्रेका दुईवटा प्रतिनिधिसभामा माओवादी र काँग्रेस अगाडि

    मंसिर ७ काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा तथा प्रदेश सभा दुवै तर्फको मतगणनामा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् । मतगणना सुरु भएदेखि अग्रता कायम गर्दै आएका प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धनका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पछ्याउँदै आएका छन् । उम्मेदवारहरुबीच मतान्तर घटाउने र बढाउने क्रम चलिरहेको छ । 

    images

    जिल्लाको प्रतिनिधि सभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान तामाङ दोङ अग्रस्थानमा नै रहनु भएको छ । उहाँलाई एमालेका उम्मेदवार रेशम लामाले पछ्याइरहनु भएको छ । बुधबार बिहान १० बजेसम्म माओवादी केन्द्रका दोङले चार हजार ९५१ मत, एमालेका लामाले चार हजार ८५० मत प्राप्त गर्नुभएको छ माओवादीका दोङ र एमालेका लामाबीच १०१ मत फरक रहेको छ । 

    यसैगरी, जिल्लाको प्रतिनिधि सभा २ अन्र्तगत बुधबार बिहान १० बजेसम्मको मतगणनामा नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाँईले अग्रता कायम नै राख्नु भएको छ । हालसम्म हुमागाँईले १२ हजार १९१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाले ११ हजार ६८२ मत प्राप्त गर्नुभएको छ ।

    हुमागाँई र बाँस्कोटाबीच ५०९ मतको मतान्तर रहेको छ । प्रतिनिधि सभा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाँईले चार हजार ४४३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    काभ्रे प्रतिनिधि सभा १ अन्र्तगतको प्रदेश सभा (क) तर्फ नेकपा माओवादी केन्द्रका रत्न ढकालले छ हजार ७५० मत र एमालेका दिलबहादुर तामाङले चार हजार ८१२ पाउनु भएको छ । ढकाल र तामाङबीच एक हजार ९३८ मतान्तर रहेको छ ।  प्रतिनिधि सभा १ प्रदेश सभा (ख)तर्फ नेपाली काङ्ग्रेसका तीर्थबहादुर लामाले छ हजार ९८ मत र एमालेका चन्द्रबहादुर लामाले पाँच हजार १७६ मत पाउनु भएको छ । काँग्रेसका लामा र एमालेका लामाबीच ९२२ मतको मतान्तर रहेको छ । 

    यस्तै जिल्लाको प्रतिनिधि सभा २ काे प्रदेश सभा (क) मा नेकपा एसका लक्ष्मण लम्सालले छ हजार ८७ मत, एमालेका कुमारप्रसाद खकुरेलले पाँच हजार ३७८ मत पाउनु भएको छ । लमसाल र खकुरेलबीच ७०९ मतको फरक रहेको छ । प्रदेश (ख) तर्फ नेपाली काङ्ग्रेसका कञ्चनचन्द्र वादेले चार हजार ८१५ मत र एमालेका कुमार थापाले चार हजार १५५ मत पाउनु भएको छ । वादे र थापाबीच ६६० मतको मतान्तर रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार