सोमबार, जेठ ७ गते २०८१

ऋर्चा शर्माले जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड

ऋर्चा शर्माले जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड

अखबार दैनिक
बुधबार, मंसिर ७ २०७९
  • ऋर्चा शर्माले जितिन् उत्कृष्ट अभिनेत्रीको अवार्ड

    मंसिर ७ काठमाडौँ । अभिनेत्री ऋचा शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् ।

    images

    उनले अष्ट्रेलियामा ‘टाइटन फिल्म फेस्टिबल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ का लागि उक्त अवार्ड जितेकी हुन् । अशोककुमार तिमल्सिनाको लेखन तथा निर्देशन रहेको फिल्ममा ऋचाको अलावा मिथिला शर्मा, अशोक तिमिल्सिना, पारस तिमिल्सिना, सौरभ पौडेललगायतको अभिनय छ ।


    सनिस श्रेष्ठको छायांकन रहेको फिल्मको सम्पादन शाहिल खानले गरेका हुन् । साउदीमा एक नेपालीलाई अन्यले फसाएको कारण फाँसीको सजाय हुँदा उनले नेपालको प्रधानमन्त्रीलाई लेखेको चिठी र उसकी श्रीमतीले उनलाई नेपाल ल्याउन गरेको संघर्षको कथा फिल्मले उठाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार