बिहीबार , कात्तिक १५ गते २०८१

सागर ढकालभन्दा ४ हजार बढी मतले देउवा अगाडि

सागर ढकालभन्दा ४ हजार बढी मतले देउवा अगाडि

अखबार दैनिक
मंगलबार, मंसिर ६ २०७९
  • सागर ढकालभन्दा ४ हजार बढी मतले देउवा अगाडि

    डडेलधुरामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकाललाई ४ हजारभन्दा बढी मत अन्तरले पछि पर्दै देउवा अग्र स्थानमा रहेका छन् ।

    images


    हालसम्म १९ हजार ५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ९ हजार ७७३ मत ल्याएका छन् भने ढकालले ५ हजार १९३ मत पाएका छन् । नेकपा एमालेको समर्थन पाएका नेपाली काँग्रेस (बिपी)का उम्मेदवार कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् । देउवा र ढकालबिचको मत अन्तर ४ हजार ५८० रहेको छ । मत गणना जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार