मंसिर ६ काठमाडौँ । प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा माओवादी केन्द्रभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि देखिएको छ ।
निर्वाचन आयोगका अनुसार, अहिले बिहान १०ः३० बजेसम्म देशभरबाट प्राप्त विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी २९ हजार ६३५ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा माओवादी केन्द्र २६ हजार ६३३ मतसहित चौथो स्थानमा रहेको छ। नेकपा एमाले अग्रस्थानमा देखिएको छ । एमालेले ६७ हजार ८४४ मत प्राप्त गर्दा नेपाली कांग्रेस ५८ हजार ८७१ मतसहित दोस्रो स्थानमा छ ।