बिहीबार , कात्तिक १५ गते २०८१

तेह्रथुममा ३६ कैदीबन्दीद्वारा मतदान

तेह्रथुममा ३६ कैदीबन्दीद्वारा मतदान

अखबार दैनिक
आइतबार, मंसिर ४ २०७९
  • तेह्रथुममा ३६ कैदीबन्दीद्वारा मतदान

    मङ्सिर ४ तेह्रथुम। एक मात्र निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ३६ जना कैदीबन्दीले मतदान गरेका छन् ।

    images

    जिल्ला कारागारका ८३ जना कैदीबन्दीमध्ये ३६ जनाले यस पटकको निर्वाचनमा मतदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा जेलर विक्रम लिम्बुले जानकारी दिनुभयो ।

    उहाँहरुले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ मतदान गरेका छन् ।७१ हजार ९३३ मतदाता रहेको तेह्रथुममा तीन पदका लागि २६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

    ५६ मतदान स्थल रहेको जिल्लाको ९३ मतदान केन्द्र र १ अस्थायी केन्द्रहरुमा अहिलेसम्म सबै मतदान स्थल र केन्द्रहरुमा शान्तिपूर्ण मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय अधिकृत निराज शर्माले बताउनुभयो । निर्वाचन कार्यालयका अनुसार तेह्रथुममा प्रतिनिधिसभामा एक स्वतन्त्रसहित १० जना उम्मेदवार रहेका छन् ।

    त्यस्तै, प्रदेशसभा (क) मा एक स्वतन्त्रसहित नौ जना र प्रदेशसभा ९ख० मा एक स्वतन्त्रसहित ७ जना उम्मेदवारहरु चुवानी मैदानमा रहेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार