मङ्सिर ४ दिपायल । डोटीको मतदान स्थलमा झडपको स्थिति सृजना भएपछि गोली चलेको छ ।
जिल्लाको शिखर नगरपालिका –८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदान स्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले चार राउण्ड गोली चलाएको हो ।
केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि भीडलाई तितरबितर पार्न चार राउण्ड हवाई फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायब निरीक्षक भीम बोहराले जानकारी दिनुभयो ।
प्रहरी नायब निरीक्षक बोहराका अनुसार केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भएपछि पुनः मतदान सुरु भएको छ ।
१७ सय मतदाता रहेको उक्त मतदान स्थलमा ५०६ मत खसेको छ । अहिले मतदान जारी रहेको प्रहरीले जनाएको छ ।