मंगलबार, मंसिर ११ गते २०८१

तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकद्वारा मतदान

तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकद्वारा मतदान

अखबार दैनिक
आइतबार, मंसिर ४ २०७९
  • तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकद्वारा मतदान

    मंसिर ४ तनहुँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गर्नुभएको छ।जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

    images

    316257000_488069996633686_6593339847023398_n.jpg

    तनहुँका ३०५ वटै मतदान केन्द्रमा आइतबार बिहानदेखि मतदान सुरु भएको छ । तनहुँमा एक लाख १९ हजार ६५० जना पुरुष र एक लाख २८ हजार ८४५ जना महिला गरी कूल २ लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् । 

    316041427_6346640835363341_2586989647309658185_n.jpg

    तनहुँमा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार सिटका लागि निर्वाचनमा गठबन्धन र एमालेकासहित ५७ जना उम्मेदवार  चुनावी प्रतिस्पर्धामा छन् । जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने ३०५ रहेको छ । जिल्लामा मतदानस्थल १४२ वटा छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार