शनिबार, चैत २ गते २०८१

सात लाख घरधुरीमा वल्र्डलिंकको सेवा

सात लाख घरधुरीमा वल्र्डलिंकको सेवा

अखबार दैनिक
बुधबार, कात्तिक ३० २०७९
  • सात लाख घरधुरीमा वल्र्डलिंकको सेवा

    कात्तिक ३० काठमाडौं । वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको संख्या सात लाख नाघेको छ । २०५२ मा स्थापना भएको कम्पनीले २०७४ जेठमा एक लाख ग्राहक संख्या पूरा गरेको थियो । त्यसयता कम्पनीले साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको हो । देशभर एक सय ५० भन्दा बढी शाखा कार्यालय रहेको वल्र्डलिंकमा हाल पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । देशका सातै प्रदेशका ७३ जिल्लामा कम्पनीको इन्टरनेट सेवा पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै सेवा विस्तार गर्ने कम्पनीको तयारी छ ।

    images

    कम्पनीका अनुसार देशको कुल इन्टरनेट ट्राफिकमध्ये ४२ प्रतिशत वल्र्डलिंकमार्फत् जाने गरेको छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत् फ्रि वाईफाईसमेत उपलब्ध गराइरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४।३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । त्यस आधारमा नेपालमा वल्र्डलिंकको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३० लाख २४ हजारभन्दा बढी रहेको कम्पनीको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ