बिहीबार , असोज ३ गते २०८१

साना किसान लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो, पिई रेसियो १७

साना किसान लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो, पिई रेसियो १७

अखबार दैनिक
मंगलबार, कात्तिक २९ २०७९
  • साना किसान लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो, पिई रेसियो १७

     

    उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले २३ करोड २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४१.८२ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १६ करोड ४१ लाख ३० हजार खुद नाफा आर्जन गरेको थियो।

    images

    चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ४३.८६ प्रतिशतले बढेर ३३ करोड १९ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २३ करोड ४४ लाख ५७ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ४३.८६ प्रतिशतले बढेर ४३ करोड ९ लाख ३३ हजार रुपैयाँ पुगेको छ । 

     त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी ९ईपीएस० ५९ रुपैयाँ ५२ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ २८२ रुपैयाँ २० पैसा रहेको छ त्यसैगरी संस्थाको मूल्य आम्दानी अनुपात (पिइ रेसियो) १७.१० गुणा रहेको छ ।

    संस्थाले प्रकाशन गरेको वित्तिय विवरणः

    6372e3cbc0a02.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ