बिहीबार , असोज ३ गते २०८१

पोखरा-जोमसोम हवाइ रूटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा राखिने

पोखरा-जोमसोम हवाइ रूटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा राखिने

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • पोखरा-जोमसोम हवाइ रूटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा राखिने

    कात्तिक २८ पोखरा । पोखरा जोमसोम हवाइ रूटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गरिने भएको छ।

    images

    नागरिक उड्डयन प्राधिकरणकाअनुसार पोखरा जोमसोम हवाइ रूटमा तीनदेखि पाँचवटा क्यामेरा जडान गर्न लागिएको हो। क्यामेरा जडानका लागि सोमबार नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आविस्कार केन्द्रबीच सम्झौता भएको छ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलकाअनुसार आविस्कार केन्द्रले एक महिनाअघि नै परीक्षण गरेको थियो। अब भने सञ्चालनमै आउने गरी क्यामेरा जडान सुरू गर्नेगरी सम्झौता भएको उनले बताए। 

    नेपालमा भएका दुर्घटनामध्ये धेरै इनरूटमा हुन्छु उनले भने, त्यसकारण उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन इनरूटमा क्यामेरा जडान गर्न लागिएको हो ।

    सम्झौताअनुसार आविस्कार केन्द्रले पोखरा जोमसोम रूटमा पर्ने माहुरेडाँडा, कुटुका र लेतेमा मौसमी जानकारी दिने क्यामेरा जडान गर्नेछ। यो रूटका विभिन्न स्थानमा जडान गरिएका मौसमी क्यामेराहरू बिहानदेखि बेलुकासम्म सञ्चालनमा राख्नु पर्नेछ। 


    क्यामेरा जडान भएपछि इनरुटको रियल टाइम सूचना प्राप्त हुनेछु उनले सेतोपाटीसँग भने, यसले हवाई सुरक्षा अभिवृद्धिमा सहयोग पुग्नेछ ।

    पोखरा–जोमसोम हवाइ रूटमा राखिएका क्यामेराले उपलब्ध गराउने मौसमी विवरण सुरक्षित उडानको लागि उपयोगी भएमा अन्य व्यस्त र भौगोलिक जटिलता भएका विमानस्थलमा पनि सेवा विस्तार गर्ने योजना प्राधिकरणको छ। 

    उनकाअनुसार डोल्पा, लुक्ला, सिमीकोट लगायतका दुर्गम ठाउँमा पनि क्यामेरा राखेर हवाइ उडानलाई थप सुरक्षित बनाइनेछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ