बिहीबार , असोज १ गते २०८३

नेपालमा खिचिएको फिल्म उचाईु ले तीन दिनमा कति कमायो ?

नेपालमा खिचिएको फिल्म उचाईु ले तीन दिनमा कति कमायो ?

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • नेपालमा खिचिएको फिल्म उचाईु ले तीन दिनमा कति कमायो ?

    कात्तिक २८ काठमाडौं । नेपालमा छायांकन भएको फिल्म ‘उचाई’ प्रदर्शन भइरहेको छ । बलिउड अभिनेता अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा अभिनीत फिल्मलाई समीक्षकहरूले राम्रो प्रतिक्रिया दिइरहेका छन्। फिल्मले दर्शकको माया पाउनुको साथै बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। 

    भारतीय सञ्चार माध्यम दैनिक जागरणका अनुसार फिल्मले तीन दिनमा १० करोड १६ लाख भारु कमाएको छ । मित्रताको कथा देखाइएको फिल्मले १ करोड ८१ लाख भारुमा ओपनिङ गरेको थियो । पहिलो दिन ठिकठाक ओपनिङ गरेको फिल्मको कमाइ दिन प्रतिदिन बढ्दो क्रममा छ । 

    भारतीय बक्स अफिसमा हिन्दी फिल्मको व्यापार खस्किरहेको छ। ‘उचाई’ ले राम्रो कमाइ गर्न थालेपछि बलिउड फिल्मकर्मीको आशा पलाएको छ। हालै प्रदर्शनमा आएका फिल्म ‘राम सेतु, थ्यांक गड, मिली, फोन भूत’ जस्ता फिल्मले बक्स अफिसमा कमजोर व्यापार गरेका थिए। त्यसैले ‘उचाई’ लाई सीमित शो दिइएको थियो।


    भारतीय बजार विश्लेषक तरण आदर्शका अनुसार ‘उचाई’ ४८३ स्क्रीन्समा प्रदर्शन भएको थियो। दोस्रो दिनमा फिल्मको कमाइ दोब्बर बढेको छ । फिल्मले दोस्रो दिन ३ करोड ६४ लाख भारु कमाएको छ भने तेस्रो दिन ४ करोड ७१ लाख भारु कमाएको छ। 

    यो फिल्मको अधिकांश छायांकन नेपालमा गरिएको हो। हिमाली भेगमा छायांकन भएको हुँदा अमिताभ बच्चन उपस्थित थिएनन् । नेपालमा भएको छायांकनमा उनको डमी कलाकार प्रयोग गरिएको थियो। मुम्बइमा भएको छायांकनमा अमिताभले नै अभिनय गरेका छन्।

    स्वयम्भू, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लुक्ला, नाम्चे, मनाङलगायत ठाउँमा करिब एक महिना लगाएर फिल्मको छायांकन गरिएको थियो। बलिउडमा स्थापनाको ७५औँ वर्ष पूरा गरेको राजश्री प्रोडक्सनको निर्माण रहेको फिल्मलाई सुरज बडजात्याले निर्देशन गरेका छन्।

    फिल्ममा अभिताभ, बोमन, अनुपम, डेनीसँगै नीना गुप्ता, परिणिती चोपडा र सारिका हसनको मुख्य भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार