बिहीबार , कात्तिक १५ गते २०८१

पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान बुद्धले बनारस गर्ने 

पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान बुद्धले बनारस गर्ने 

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान बुद्धले बनारस गर्ने 

    कार्तिक २८ काठमाडौँ । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेबित्तिकै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान भारतको बनारस गर्ने घोषणा गरेको छ । बुद्धले सोमबार विज्ञप्ति जारी गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेबित्तिकै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान बनारस गर्ने घोषणा गरेको हो ।

    images

     

    ‘२०२३ जनवरीदेखि उडानका लागि तयार हुने भन्ने जानकारी प्राप्त भएको हुँदा त्यहाबाट हुने प्रथम अन्तर्राष्ट्रिय उडानका रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार तालिका बनाई सुरु गर्ने छ,’ विज्ञप्तिमा भनिएको छ । उसले पोखराबाट दिल्लीको हवाई रुट स्वीकृत भएपछि उक्त रुटमा पनि उडान गर्ने भनेको छ ।

     

    ‘रुटका लागि नेपाल र भारत सरकारसँग पहल भइरहेको हुँदा भारत सरकारबाट रुट र स्लट स्विकृत हुनासाथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा सातामा तीन उडानका लागि हाम्रो तर्फबाट प्रकृया यथाशीध्र अगाडि बढाइने छ,’ विज्ञप्तिमा भनिएको छ । बुद्धका वरिष्ठ प्रबन्धक परासरजंग पाण्डेले यी रुटमा एटीआर ७२ बाट उडान गरिने बताए । ‘पोखरा विमानस्थल सञ्चालन भएको पहिलो दिन बनारस उडान गर्ने छौं, उनले भने, ‘देहरादुन र दिल्लीको रुटबारे दुबै देशले प्रष्ट्याएपछि ती रुटमा पनि उडान सुरु हुने छ । देहरादुनमा उडान गर्न हाम्रो तर्फबाट पनि छलफल भइरहेको छ ।’

    २५ वर्षअघि स्थापना भएको बुद्धसँग ७२ सिट क्षमताका ११ र ४७ सिट क्षमताका तीनवटा गरी १४ वटा एटीआर र दुईटा बिचक्राफ्ट गरी १६ वटा विमान छन् । उसले हाल भारतको बनारसमेत गरी दैनिक ४३ वटा हवाई रुटमा उडान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार