बिहीबार , असोज १ गते २०८३

२१.२६ अंकले बढ्यो नेप्से परिसूचक

२१.२६ अंकले बढ्यो नेप्से परिसूचक

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • २१.२६ अंकले बढ्यो नेप्से परिसूचक

    कात्तिक २८ काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा वृद्धि भएको छ।

    सोमबार नेप्से परिसूचक २१.२६ अंक बढेर १९०४.४३ बिन्दुमा बन्द भएको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.५० अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४९ अंकले बढेको छ।


    सोमबार कारोबारमा आएको २२६ कम्पनीको २४ लाख ५२ हजार कित्ता शेयर ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबारको तुलनामा सोमवार कारोबार रकम पनि बढेको छ। सोमवारमा ७७ करोडको शेयर खरिदबिक्री भएको थियो।

    सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ।

    त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    नेप्से परिसूचक बढेसँगै तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९.८४ प्रतिशत बढेको छ। त्यसैगरी,सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.३९ प्रतिशत बढेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। सोमवारको शिवम सिमेन्ट्सको कारोबार १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार