बिहीबार , असोज ३ गते २०८१

सिटिजन्स बैंकको राइनास नगरपालिकामा विस्तारित काउण्टर सेवा सुरु

सिटिजन्स बैंकको राइनास नगरपालिकामा विस्तारित काउण्टर सेवा सुरु

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • सिटिजन्स बैंकको राइनास नगरपालिकामा विस्तारित काउण्टर सेवा सुरु

    कात्तिक २८ काठमाडौं । विगत डेढ दशक देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुस¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेवागा्रहिको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउण्टर राइनास नगरपालिका वडा नं ४, सातबिसे बजार, लमजुङमा कार्तिक २७ गते देखि भोटेवडार शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर सेवा संचालनमा ल्याई सकेको छ ।

    images


    सुविधा सम्पन्न यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पुर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । स७ुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउण्टर, १३३ वटा ए.टिएम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख हजार ग्राहकवर्गलाई आध७३घढसनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ