बिहीबार , असोज १ गते २०८३

१० वर्षे बालकले भरुवा बन्दुक चलाएपछि

१० वर्षे बालकले भरुवा बन्दुक चलाएपछि

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • १० वर्षे बालकले भरुवा बन्दुक चलाएपछि

    कात्तिक २८ तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–२ आरथुम्का बस्ने ३६ वर्षीय सनबहादुर घर्तीलाई एक नाले भरुवा बन्दुकसहित उनकै घरबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


    उनको घरमा लुकाइछिपाइ राखेको उक्त बन्दुक १० वर्षीय बालकले चलाउने क्रममा पड्किँदा बालकको बायाँ हातमा चोट लागी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले बालकलाई उपचारका लागि मोती मेडिकल डुम्रे हुँदै सरकारी अस्पताल भरतपुर चितवन पठाइ सनबहादुरलाई पक्राउ गरेको हो ।


    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार