बिहीबार , असोज १ गते २०८३

डायलाइसिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीलाई उपचारमा सहज

डायलाइसिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीलाई उपचारमा सहज

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • डायलाइसिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीलाई उपचारमा सहज

    कात्तिक २८ तनहुँ । दमौली अस्पतालमा सञ्चालित डायलाइसिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीले डायलासिस सेवा पाएका छन्। 

    तनहुँ सहित छिमेकी लमजुङ, गोरखा र कास्की का मिर्गौला पीडित बिरामीलाई डायलासिस गर्न सहज भएको छ। विसं २०७२ मङ्सिर २ गतेदेखि रु एक करोड २५ लाखको लागतमा दमौली अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालनमा ल्याइएको हो। हाल डायलासिस केन्द्रमा ५७ जना बिरामी उपचाररत रहेको शाखा प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए।     


    डायलासिस सेवा सञ्चालन भएदेखि हालसम्म दुई सय २८ जनाको ४२ हजार पाँच सय ८९ पटक डायलासिस गरिएको छ। अस्पतालमा ७० मिर्गौलाका बिरामी डायलासिस पालोको प्रतिक्षा रहेका छन्।

    गण्डकी प्रदेश सरकारले सत्रुघ्न मञ्जु डायलासिस उपचार केन्द्रलाई दुई वटा नयाँ डायलासिस मेसिन प्राप्त भएकाले बिरामीको उपचारमा सहज भएको छ। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार