बिहीबार , असोज १ गते २०८३

डेंगु नियन्त्रणमा बेवास्ता

डेंगु नियन्त्रणमा बेवास्ता

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • डेंगु नियन्त्रणमा बेवास्ता

    कात्तिक २८ जाजरकोट । देशभर डेंगुको संक्रमण फैलिरहेका बेला जाजरकोटमा डेंगु नियन्त्रणमा बेवास्ता गरिएको छ। डेंगुको संक्रमण बढी रहँदा स्थानीय सरकारले सचेतनाका कार्यक्रम सञ्चालन नगरेको जनगुनासो बढेको छ। डेंगु नियन्त्रणमा स्थानीय तहले वेवास्ता गरेका छन्।

    स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा किट नभएको र जनचेतनाको अभावका कारण बिरामी भए पनि स्थानीयहरू जाँच गराउन स्वास्थ्य संस्था नजाने गरेको नलगाड नगरपालिका–२ का वडाध्यक्ष पूर्णबहादुर खड्काले बताए। जाजरकोटमा डेंगु संक्रमण धेरै नफैलिएकाले पनि स्थानीय तहले पूर्वतयारीका लागि खासै पहल गरेका छैनन्। जिल्लाका माथिल्लो भेगमा लामखुट्टे नै पाइँदैन। तल्लोे भेगमा लामखुट्टे पाइए पनि संक्रमण नबढेको भन्दै पूर्वतयारीमा लापरबाही गरिएको छ।


    स्वास्थ्य सेवा कार्यालय जाजरकोटले पूर्वतयारी र जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेका कारण जिल्लामा डेंगुको संक्रमण धेरै फैलन नपाएको दाबी गरेको छ। कार्यालय प्रमुख नवराज कँडेलले जनचेतना, किट परीक्षण र औषधी उपचारको व्यवस्था गरेका कारण जिल्लामा संक्रमण धेरै फैलन नदिएको बताए। डेंगुका लक्ष्यण देखिएका बिरामीलाई जिल्ला अस्पताल पठाउन र जनचेतनाका कार्यक्रम सञ्चालन गर्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिइएको उनले बताए।

    उनले जिल्लामा लामखुट्टेका लार्भा नष्ट अभियान र खाल्डाखुल्डी पुर्ने कार्य समेत गरिएको बताए। जिल्ला अस्पताल जाजरकोटमा परीक्षण गरिएकामध्ये अहिलेसम्म २१ जनामा डेंगु पोजिटिभ देखिएको छ। केही निको भैसकेको र केही उपचारमै रहेको स्वास्थ्य सेवा कार्यालय प्रमुख कँडेलले बताए। 

    पालिकामा कति परीक्षण भयो र कति संक्रमण भयो भन्ने बारे अझै रिपोर्ट आइनपुगेको उनले बताए। घर छेउछाउमा थुप्रिएको फोहोर, खोल्सा खोल्सीमा जम्मा हुने पानी लगायतका कारण बढेका लामखुट्टेको टोकाइ, सचेतनाको अभाव लगायतका कारण डेंगुका बिरामी फेला पर्न थालेको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा। औशरसिंह राठौरले बताए। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार