शनिबार, चैत २ गते २०८१

घटयो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार

घटयो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • घटयो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार

    कात्तिक २८ काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक सयले घटेर ९७ हजार दुई सय कायम भएको छ ।

    images


    सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला ९७ हजार तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय कायम भएको छ । आइतबार तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सय थियो ।


    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार दुई सय ९५ तोकिएको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ