शुक्रबार, असोज २ गते २०८३

निर्वाचनका लागि कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचनका लागि कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • निर्वाचनका लागि कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन

    कात्तिक २८ सुर्खेत । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

    निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार ८०७ सुरक्षा जनशक्ति परिचालन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार मतदानस्थलमा पाँच हजार ७२९ जना नेपाल प्रहरी  र नौ हजार ७८ जना म्यादी प्रहरी खटाइएको छ। 


    ‘निर्वाचनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ’, उनले भने,‘प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाएका छौँ।’ 

    प्रदेश कमाण्ड पोष्टबाट प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भई हुम्ला, डोल्पालगायतका जिल्लामा हिमपात र भौगोलिक विकटताका कारण निर्वाचनस्थलमा निर्वाचन सामग्री र निर्वाचनपश्चात् मतपेटिका ढुवानीको लागि हेलिकप्टरको व्यवस्था मिलाएको उनले नजनाकारी दिए। ‘माथिल्लो कर्णालीका जिल्लामा अब हिमपात पनि सुरु भइसकेको छ’, उनले भने, ‘यस्तो अवस्थामा हामीले मतपेटिका ढुवानी तथा अन्य सामग्री ओसारपसारका लागि हेलिकप्टरको प्रबन्ध पनि गरेका छौँ।’

    कर्णालीमा सुरक्षाका दृष्टिकोणले २०० भन्दा धेरै मतदानस्थल अति संवेदनशील मानिएका छन् । प्रदेशसभार प्रतिनिधिसभाको निर्वाचनका लागि २६७ मतदानस्थल अति संवेदनशील रहेका हुन्। आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा आवश्यक तयारीलाई तीव्र पारिएको  छ। प्रदेशका विभिन्न जिल्लास्थित निर्वाचन कार्यालय निर्वाचन पूर्वका काममा जुटेका छन् । कर्णालीमा १० लाखभन्दा बढीमतदाता रहेका छन् । 

    मदिरा बिक्री वितरणमा रोक
    जिल्ला प्रशासन कार्यालयले मङ्सिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचालाई मध्यनजर गर्दै मदिरा बिक्री वितरणमा रोक लगाएका छन्। आफ्नो आफ्नो जिल्लाको शान्ति सुरक्षा कायम गर्न मदिरा बिक्री वितरणमा रोग लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ