शुक्रबार, असोज २ गते २०८३

मादक पदार्थ बिक्री वितरणमा शुक्रबारदेखि रोक

मादक पदार्थ बिक्री वितरणमा शुक्रबारदेखि रोक

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • मादक पदार्थ बिक्री वितरणमा शुक्रबारदेखि रोक

    कात्तिक २८ काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ।


    केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचारप्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाउने निर्णय गरेको हो।


    मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण भएको पाइएमा जफत गर्न समेत गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने आयोगले निर्णय गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ