बुधबार, भदौ ३१ गते २०८३

संघीय निर्वाचन - मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार गर्न नपाइने

संघीय निर्वाचन - मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार गर्न नपाइने

अखबार दैनिक
आइतबार, कात्तिक २७ २०७९
  • संघीय निर्वाचन - मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार गर्न नपाइने

    कार्तिक २७ काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचार\प्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।

    निर्वाचन आचार-संहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार\प्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचार-प्रसारका लागि निर्धारण गरिएको छ ।

    मंसिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचार-प्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार