बिहीबार , असोज ३ गते २०८१

पाकिस्तानद्वारा इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

पाकिस्तानद्वारा इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

अखबार दैनिक
आइतबार, कात्तिक २७ २०७९
  • पाकिस्तानद्वारा इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

    कार्तिक २७ काठमाडौं । टी-२० पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ ।
     
    मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनायो ।

    images


    पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । यस्तै कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए । शादब खानले २० रन जोड्दा मोहमद हरिस ८ रन, मोहमद वासिम ४ रन, मोहमद नवाज ३ रन तथा इफ्तिखर अहमेद सुन्य रनमा आउट भए ।

    यता साम करनले ३ विकेट, क्रिस जोर्डन र आदील राशिदले २र२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ