बिहीबार , कात्तिक १५ गते २०८१

क्याप्टेन विजय लामाविरुद्ध फेरी अर्को उजुरी, प्रमाणित भए लाइसेन्स खारेज गर्ने तयारी

क्याप्टेन विजय लामाविरुद्ध फेरी अर्को उजुरी, प्रमाणित भए लाइसेन्स खारेज गर्ने तयारी

अखबार दैनिक
बिहीबार , कात्तिक २४ २०७९
  • क्याप्टेन विजय लामाविरुद्ध फेरी अर्को उजुरी, प्रमाणित भए लाइसेन्स खारेज गर्ने तयारी

    काठमाण्डौं । नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामाविरुद्ध फेरी अर्को उजुरी परेको छ । विमानको ककपिटभित्रै एक भ्लगरलाई प्रवेश दिएर क्याप्टेन लामाले गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उनलाई उडानमा प्रतिबन्ध लगाइसकेको छ । लामाविरुद्ध क्यानमा फेरी अर्को उजुरी परेको स्रोत बताउंछ ।

    images

    लामाविरुद्ध उजुरी परेपछि क्यानले छानविनको लागि अरु विमान चालक र परिचालिकाहरुलाई समेत बयानका लागि बोलाएको छ । लामालाई उडिरहेको विमानको ककपिटमा यात्रुलाई प्रवेश दिएर गम्भीर सुरक्षा लापरबाही भन्दै नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आइतबारदेखि उडानमा प्रतिबन्ध लगाएको हो ।


    लामाको अहिले बयान लिने काम भइरहेको छ । उनलाई कार्वाहीको तयारी भएको बताइन्छ । उनले अनुमति नलिएर चिनिया मुलका अष्ट्रेलियन भ्लगर साम चुईलाई ककपिटमा लगेको भिडियो र तस्बिर सार्वजनिक भएको थियो । उक्त भिडियोपछि क्यानले लामालाई उडानमा प्रतिबन्ध लगाएको हो ।

    ‘लामाले नियम कानुनको धज्जी उडाउने काम गरेका छन् । यो गलत कामलाई जो भएपनि प्रोत्साहन दिन मिल्दैन । स्पष्टीकरण चित्तबुझ्दो भएन र उनको गल्ती नै प्रमाणित भयो भने उनको लाइसेन्स नै खारेज हुनसक्छ ।’ क्यान स्रोतले काठमाण्डौंपाटीसंग भन्यो ।

    अनुमति नलिएर ककपिटमा यात्रुलाई प्रवेश दिनुलाई गम्भीर सुरक्षा चुनौती र लापरबाही मानिन्छ । लामाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति नलिएकाले उनिमाथि कार्वाही हुने सम्भावना छ । लामाविरुद्ध यो भन्दा पहिला पनि यसैगरी प्रदिप शाहीलाई समेत ककपिटमा राखेको भन्दै उजुरी परेको छ । त्यो घटनाको पनि क्यानले छानविन सुरु गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार