बिहीबार , कात्तिक १५ गते २०८१

सिन्धुलीगढीको २५५ औं विजयोत्सव मनाइँदै

सिन्धुलीगढीको २५५ औं विजयोत्सव मनाइँदै

अखबार दैनिक
बिहीबार , कात्तिक २४ २०७९
  • सिन्धुलीगढीको २५५ औं विजयोत्सव मनाइँदै

    सिन्धुली । स्थानीय बासिन्दाहरूको उपस्थितिमा वीर गोर्खालीहरूले अंग्रेज फौजलाई परास्त पारेको ऐतिहासिक सिन्धुलीगढीमा आज बिहीबार २५५ औं विजयोत्सव मनाइने भएको छ ।

    images

    जिल्लाको कमलामाई नगरपालिकामा अवस्थित ऐतिहासिक विजय किल्ला सिन्धुलीगढीमा कमलामाई नगरपालिकाद्वारा आयोजित सो कार्यक्रममा झण्डोत्तोलन, सिन्धुलीगडीको युद्धमा रगत पसिना बगाउने सबै वीरयोद्धाहरूको सम्झनामा सलामी अर्पण लगायतका कार्यक्रम गरिने भएको हो ।


    २५५ औं विजयोत्सवका अवसरमा सिन्धुलीगढीमा नेपाली साँस्कृतिक झलकहरुको प्रदर्शन तथा लोककला संस्कृतिहरुको प्रस्तुती गरिने भएको छ ।

    विक्रम सम्वत १८२४ कातिक २४ गते तात्कालिन अवस्थामा भारतमा रहेको इस्ट इण्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको २ हजार चार सय अंग्रेजी फौजलाई गोर्खाली फौजहरुले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा युद्व लडेर पराजित गरेको अवसरमा सिन्धुलीगढीमा हरेक वर्ष कार्तिक २४ गतेका दिन विजयोत्सव मनाइँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार