शुक्रबार, असोज २ गते २०८३

मधेसद्वारा एपीएफलाई १२३ रनको लक्ष्य

मधेसद्वारा एपीएफलाई १२३ रनको लक्ष्य

अखबार दैनिक
बिहीबार , कात्तिक २४ २०७९
  • मधेसद्वारा एपीएफलाई १२३ रनको लक्ष्य

    काठमाडौं । पीएम कपको फाइनल प्रवेशको लागि मधेस प्रदेशले एपीएफलाई १२३ रनको सामन्य लक्ष्य दिएको। त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको मधेस एपीएफको कसिलो बलिङ सामू ३१ ओभरमा सबै विकेट गुमाएर १२२ रनमा समेटियो । 

    मधेसका लागि भुपेस सिंहले सर्वाधिक ३४ रन बनाए । यस्तै सन्तोष कार्कीले २० रन, इमरान शेखले १६ रन, अनिल शाह १३ रन, महोमद आदिल ११ रन र राजेश यादवले १० रन बनाए । 

    यता एपीएफका लागि कमल ऐरीले ४ विकेट लिए । यस्तै भुवन कार्की र मैसम ढकालले २ विकेट लिए भने किशोर महत्वोले एक विकेट हात पारे । 

    यो खेलको विजेता टोलीले फइनमा दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा पुलिस र आर्मी खेल्नेछन् । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ