बुधबार, भदौ ३१ गते २०८३

बिच भलिबल प्रतियोगिताका लागि आठ खेलाडी छनोट

बिच भलिबल प्रतियोगिताका लागि आठ खेलाडी छनोट

अखबार दैनिक
बिहीबार , कात्तिक २४ २०७९
  • बिच भलिबल प्रतियोगिताका लागि आठ खेलाडी छनोट

    काठमाडौँ – नेपाल भलिबल संघ (एनभिए) ले बंगलादेशमा आयोजना हुने बिच भलिबलको खुला छनोट पूरा गरेको छ। एनभिएले कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालय परिसरमा रहेको कोर्टमा खुला छनोट गरेको हो।

    छनोटमा  विजेता र उपविजेता भएका महिला तथा पुरुष दुवै टोलीलाई बन्द प्रशिक्षणमा राख्ने एनभिएले जनाएको छ। प्रतियोगिताका लागि ढाका प्रस्थान गर्नु अघि मात्रै एक९एक टोलीको टुङ्गो लाग्नेछ।


    छनोटमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी पहिलो भएको थियो। एपिएफ क्लबका राजकुमार निरौला र लक्ष्मण राना दोस्रो भएका थिए।

    महिलातर्फ नेपाल पुलिस क्लबका कोपिला उप्रेती र कमला पुनको जोडी पहिलो भएका थिए भने एपिएफ क्लबका निरुता थगुन्ना र रेश्मा भण्डारीको जोडी दोस्रो भए।

    बिच भलिबल डिसेम्बर २६ देखि ३१ सम्म ढाकामा हुँदैछ। बिच भलिबलमा  सहभागी हुन अफगानिस्तान, अस्ट्रेलिया, भुटान, चिन, भारत, इरान, ताजकिस्तान, कीर्गिस्तान, माल्दिभ्स, मलेसिया, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलंका, ताजकिस्तान, थाइल्यान्ड, तुर्कमिनिस्तान, युएई र उज्वेकिस्तानलाई निमन्त्रणा गरिएको छ। प्रतियोगितामा सहभागी जनाउने सबै टोलीको टुङ्गो भने लागिसकेको छैन।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार