आइतबार, जेठ ६ गते २०८१

निर्वाचनमा अभियानकर्मीको भूमिका निर्वाह गरिदिन कलाकारलाई आयोगको आग्रह

निर्वाचनमा अभियानकर्मीको भूमिका निर्वाह गरिदिन कलाकारलाई आयोगको आग्रह

अखबार दैनिक
बुधबार, कात्तिक २३ २०७९
  • निर्वाचनमा अभियानकर्मीको भूमिका निर्वाह गरिदिन कलाकारलाई आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अभियानकर्मीको भूमिका निर्वाह गरिदिन कलाकारलाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कलाकारसँग निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियानकर्मीको भूमिका निर्वाह गरिदिन आग्रह गर्नुभएको हो ।

    images

    निर्वाचनका सन्दर्भमा आयोगले कलाकारहरूसँग गरेको अन्तक्र्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचनको माहौल निर्माण र निर्वाचनपछि प्रतिस्पर्धीबीच आपसी द्वन्द्व र मनमुटावको साटो मित्रता र एकताको भावना कायम गराउन जीवनमा कहिल्यै पराजयको अनुभूति नगर्ने प्रतिभाका धनी कलाकारहरूले खेलेको भूमिका प्रभावकारी हुने जिकिर गर्नुभयो ।


    उहाँले कलाकारहरूले आफ्ना सामाजिक सञ्जालबाट निर्वाचन र मतदाता शिक्षाका सन्देशहरू प्रवाह गरेर तथा मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्तिबाट टाढा रहेर मुलुक र लोकतन्त्र जोगाउने संकल्प बोकेको निर्वाचन सफल बनाउन व्यावसायिक र रचनात्मक योगदान दिने अपेक्षा पनि व्यक्त गर्नुभयो ।

    ‘निर्वाचनलाई दूषित पार्ने प्रचारको डर आयोगलाई छ । यसप्रति आयोग सजग छ’, ‘नो नट एगेन’ का सम्बन्धमा कलाकारले राखेको जिज्ञासामा प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ‘लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतासँग मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्तिलाई मिसाएर हेर्न हुँदैन भन्नेमा आयोग स्पष्ट छ । त्यसैले लोकतन्त्रको सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनोहोस् । सभ्य भाषामा कसलाई मत दिने र नदिने भनेर खुलारूपमा भन्न सक्नुहुन्छ, अँध्यारो कुनामा बसेर लाञ्छित र गालीगलौज गरिरहनुपर्दैन भन्ने मात्रै आयोगको आग्रह हो ।’

    मतदातालाई प्रलोभन पारिने खतराका सन्दर्भमा उठेको सवालमा प्रमुख आयुक्त थपलियाले जनताको सार्वभौमसत्ता खरिद बिक्रीको विषय हुनै नसक्ने भन्दै निर्वाचनलाई व्यापार ठान्नेहरूले देशको समृद्धि गर्दैनन् भन्ने सन्देश पनि कलाकारले लगिदिनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

    निर्वाचनका सन्दर्भलाई लिएर आयोगले कलाकारसँग सोमबार अन्तक्र्रिया कार्यक्रममा गरेको हो । सोमबार आयोजित अन्तक्र्रिया कार्यक्रममा उपस्थित वरिष्ठ गायिका कुन्ति मोक्तान र संगीतकार शिलाबहादुर मोक्तान उहाँका छोरीहरू गायिकाद्वय शिवानी मोक्तान शीतल मोक्तान परिवारकलाकार निर्वाचनसम्बन्धी विभिन्न नारा लेखिएको रूप्लेकार्डसहित तस्वीर खिचाउनुभएको थियो । साथै, कार्यक्रममा गायक प्रकाश सपुत, गायिका इन्दीरा जोशी, गायिका सुनिता दुलाल, कलाकार किरण केसीलगायत विशिष्ट कलकाकारको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार