शुक्रबार, असोज २ गते २०८३

बंगलादेशमा सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड

बंगलादेशमा सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड

अखबार दैनिक
बुधबार, कात्तिक २३ २०७९
  • बंगलादेशमा सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड

    १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा बंगलादेशमा ६ जनालाई मृत्युदण्ड दिइएको छ।

    महिला तथा बालबालिका उत्पीडन निवारण न्यायाधीकरण–३ खुल्नाका न्यायाधीश अब्दुस सलाम खानले बलात्कारमा संलग्न ६ जनालाई मृत्युदण्डको सजाय सुनाएको अदालतका सरकारी वकिल फरीद अहमदको भनाई उदृत गर्दै बंगलादेशको समाचार संस्था द डेली स्टारले जनाएको छ।


    ६ जनै अभियुक्तले सन् २०१९ को जुनमा शहरको बिहारी कोलोनी क्षेत्रमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। मृत्युदण्ड पाउनेमा मोर्सेदुल इस्लाम शान्तो, शेख शहादत हुसेन, रब्बी हसन पोरोश, महमुद हसन आकाश, काजी अरिफुल इस्लाम प्रीतम र मोहम्मद मीम विश्वास रहेका छन्।

    घटनामा संलग्न अन्य ४ जना १४ देखि १७ वर्षका किशोर रहेकाले उनीहरूलाई ८/८ वर्षको जेल सजाय सुनाइएको छ। अदालतले दोषीलाई जनही २० हजार टाका जरिवानासमेत तोकेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ