सोमबार, जेठ ७ गते २०८१

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

अखबार दैनिक
सोमबार, कात्तिक २१ २०७९
  • थप १५ जनामा कोरोना संक्रमण पुष्टि

    कार्तिक २१ काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ५४८ जनाको पिसिआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।

    images

    पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । संक्रमितको मृत्युदर शून्य छ ।

    हालसम्म एक लाख सात हजार ५३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७७ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार