सोमबार, जेठ ७ गते २०८१

‘ह्यारी कि प्यारी’को प्रदर्शन मिति सारियो

‘ह्यारी कि प्यारी’को प्रदर्शन मिति सारियो

अखबार दैनिक
सोमबार, कात्तिक २१ २०७९
  • ‘ह्यारी कि प्यारी’को प्रदर्शन मिति सारियो

    कार्तिक २१ काठमाडौँ । फिल्म ‘ह्यारी कि प्यारी’ को प्रदर्शन मिति सारिने भएको छ । निर्माण पक्षले फिल्मको प्रदर्शन मिति कात्तिक २५ बाट सारेर माघ २० पुर्‍याएको हो । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचलाई ध्यानमा राखेर फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको हो ।

    images

    हाँस्य कलाकार जितु र अभिनेत्री साम्राज्ञीको मुख्य अभिनय रहेको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको समेत अभिनय छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार