कार्तिक २१ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुनः जटिल बनेको छ ।
केही समयअघिमात्र अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
उनको ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले बतायो । सीतालाई शनिबार भर्ना गरिएको थियो । उनी लामो समयदेखि जटिल रोग पार्किन्सनबाट पीडित छन् ।