बिहीबार , असोज ३ गते २०८१

सन्दीप लामिछाने बलात्कार प्रकरण : अदालतले झिकायो किशोरीको जन्मदर्ता र नागरिकता

सन्दीप लामिछाने बलात्कार प्रकरण : अदालतले झिकायो किशोरीको जन्मदर्ता र नागरिकता

अखबार दैनिक
आइतबार, कात्तिक २० २०७९
  • सन्दीप लामिछाने बलात्कार प्रकरण : अदालतले झिकायो किशोरीको जन्मदर्ता र नागरिकता

    कार्तिक २० काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले थप प्रमाण संकलनका लागि आदेश दिएको छ । शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै थप प्रमाण संकलन गर्न पनि अदालतले आदेश दिएको हो । 

    images


    जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीप पक्षले उठाएको किशोरीको उमेर बारे थप प्रमाण संकलन गर्न भनेको हो । 

    सन्दीपले बयान साथ पेश गरेका पीडितको जन्मदर्ताको अभिलेख किताब सहितको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउन आदेश दिएको हो । गत मंगलबार सन्दीपले बयान दिँदा अदालत समक्ष किशोरी नाबालिग नरहेको प्रमाण पेश गरेका थिए । उनले किशोरीको जन्म मिति २०६१ असार १८ गते भएका तीन वटा प्रमाण पेश गरेका थिए । सन्दीपले किशोरीको जन्मदर्ता, बसाईसराईको कागजात र कक्षा ८ मा भर्ना हुँदाको विवरण पेश गरेका थिए । अदालतले ती कागजातको वैधानिकताबारे थप प्रमाण संकलन गर्न भनेको हो । 

    सरकारी वकिल कार्यालयलाई प्रहरी मार्फत ती कागजात सम्बन्धित कार्यालयबाट मगाउन आदेशमा भनिएको छ । जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रतिसहित ल्याउन अदालतले भनेको हो । 

    यस्तै, किशोरीको नागरिकता प्रमाण पत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपि पनि सम्बन्धित कार्यालयबाट झिकाउन आदेश दिएको छ । किशोरीको नागरिकतामा भने १७ वर्ष २ महिना मात्रै पुगेको देखिन्छ । 

    यस्तै अदालतले जाहेरवाला, पीडित, बुझिएका मानिसहरु र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक समेतलाई बकपत्रका लागि जिल्ला सरकारी वकिल कार्यालय मार्फत झिकाएको छ । मंसिर ७ गते उपस्थित गराउन जिल्ला अदालतले भनेको हो । 

    उनीहरूलाई प्रहरीमार्फत झिकाएर बकपत्रका लागि इजलासमा पेश गर्न भनिएको छ । प्रहरीले क्रिकेटर देव खनाल, सहाव आलम, काठमाडौं इन होटल, नागरकोटको होटलका कर्मचारी, किशोरी बस्ने होस्टल सञ्चालक लगायतसँग बयान लिएको थियो । प्रहरीले सोधपुछ गरेका व्यक्तिहरुलाई बकपत्रका लागि झिकाइएको हो । सन्दीपलाई मुद्दाको पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ