मंगलबार, मंसिर ११ गते २०८१

सिंहदरबार गेटमै परराष्ट्रकी अधिकृतको मृत्यु

सिंहदरबार गेटमै परराष्ट्रकी अधिकृतको मृत्यु

अखबार दैनिक
शुक्रबार, कात्तिक १८ २०७९
  • सिंहदरबार गेटमै परराष्ट्रकी अधिकृतको मृत्यु

    कार्तिक १८ काठमाडौँ । परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ । बिहीबार साँझ अनामनगरमा मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको हो । उनलाई काठमाण्डौंको मोडल अस्पतालमा उपचारका लागि लगिइएको थियो । सुब्बालाई त्यहां मृत घोषणा गरिएको छ ।

    images

    परराष्ट्र मन्त्रालयको राष्ट्रसंघ महाशाखामा कार्यरत सुब्बा बिहीबार साँझसम्म कार्यालयको काममा थिइन् । कार्यालयको काम सकेर घर फर्कने क्रममा उनलाई सिंहदरबारको पूर्वी गेटमा मोटरसाइकलले ठक्कर दिएको थियो ।


    २०६९ मा अधिकृत पदबाट परराष्ट्र सेवामा प्रवेश गरेकी सुब्बाले यसअघि इजरायलस्थित नेपाली दूतावासको उपनियोग प्रमुखसमेत भएर काम गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार