मंगलबार, मंसिर ११ गते २०८१

आज पनि सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस

आज पनि सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस

अखबार दैनिक
शुक्रबार, कात्तिक १८ २०७९
  • आज पनि सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस

    कात्तिक १८ काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । बिहीबार पनि बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ अधिवक्ताले बहस गरेका छन् ।

    images

    कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान शुरु भएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस बिहीबार पनि नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार