मंगलबार, मंसिर ११ गते २०८१

बसको झ्यालबाट टाउको बाहिर निकाल्दा विद्यार्थीको मृत्यु

बसको झ्यालबाट टाउको बाहिर निकाल्दा विद्यार्थीको मृत्यु

अखबार दैनिक
बिहीबार , कात्तिक १७ २०७९
  • बसको झ्यालबाट टाउको बाहिर निकाल्दा विद्यार्थीको मृत्यु

    कार्तिक १७ काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा लाजिम्पाटमा एक विद्यार्थीको मृत्यु भएको छ ।

    images


    बुधबार दिउँसो करिब साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय आयुष्मान दाहालको टाउको रुखमा ठोक्किएर घाइते भएका थिए । विद्यालयबाट घर फर्कने क्रममा विद्यालयकै बा १ क ४६४२ नम्बरको बसमा रहेका उनले टाउको झ्यालबाट बाहिर निकाल्दा रुखमा ठोक्किएको थियो । विद्यालयको गेट नजिकैको रुखमा टाउको ठोक्किँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । 


    बुधबार अपरान्ह भएको दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगी उपचार गराइएको थियो । तर उपचारकै क्रममा बिहीबार बिहान २ः२१ बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका दाहालको मृत्युपछि उनको शवको पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको छ । दुर्घटनामा परेको बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार