कार्तिक १७ सोनारी । हिमालयन रिभाइभल नेपालद्धारा आयोजीत २०७९-०६-२६ गते गरिएको सभामा विभिन्न जिल्लाबाट मान्यजनहरु उपस्थिति भएका थिए । लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न धर्म गुरुहरु उपस्थिती भएका थिए । जस्मा सल्यान, सुर्खेत, काठमाडौं, इटहरी, कैलाली र बाके जिल्लाबाट हिमालयन रिभाइभल नेपाल संग जोडीएका ख्रिष्टियन धर्म गुरुहरु एक ठाउँबाट नभई विभिन्न ठाउँहरुबाट उपस्थिती भई नेपाल राष्ट्रमा हुन लागेको मंसीर ४ गतेको निर्वाचन (चुनाव) शान्ति र असल तरिकाले सम्पन्न हुन सकोस्, कुनै पनि हो-हल्ला, झै-झगडा विभाद नहोस् भनेर यो कार्यक्रम आयोजीत गरिएको थियो ।
नेपालमा असल र राष्ट्रको हितको लागि काम गर्ने र जनताको अस्था विश्वास लाइ जितेर देशलाई विकास गर्ने र हामिले मानेको इश्वर माथिको आस्था भएको कारण सबैजना एकै ठाँउमा भेला भएर नेपालमा आउदैँ गरेको निर्वाचनको निम्ती विशेष तरिकाले सफल र असल नेतृत्व छनोट भई आफ्नो ठाँउ र राष्ट्रको विकासमा निरन्तर दिउन् । सम्पुर्ण जात-जाति, भाषा, धर्मका मानिसहरुको संरक्षण गर्ने असल नेतृत्व छनोट होस् जस्ले सम्पुर्ण धार्मिक मानिसहरुलाई सम्मान व्यवहार गर्ने व्यक्ति र एक पक्षलाई सपोट गर्ने नेता छनोट नभइ सम्पुर्ण धर्म जात जातीहरुलाइ सम्मान व्यवहार गर्ने नेताको छनोट हुन् । विश्व भरी भइरहेको डर लाग्दो आतंक जस्मा हामीले भखरै पार गरेको कोरोना भाईरस बाट पिडित भएका छन् । तेस्रो विश्व युद्धमा प्रवेश हुने खतरा भइरहेको छ । विभिन्न देशहरुको लडाई भइरहेका छन् । मनिसहरु त्रासित छन्, कुन समयमा कहाँ युद्ध सुरु हुन्छ भन्ने हरेक मानिसको मनमा डर उत्पन्न भएको छ । भुकम्प, बाढी, पहिरो जस्ता प्रकृतिक प्रकोपले पनि मानिसको मनमा त्रास उत्पन्न गराई रहेको छ ।
हामीले विश्वास,आस्था राखेको इश्वर संग विश्व भरिका मानिसहरु शान्ति संग बस्न पाउन् विश्व युद्ध हुन नपरोस् र संसार भरि शान्त वातवरण र्सिजना हुन् जस्ता कुराहरु लाई समेटेर विभिन्न जिल्लाहरु र सम्पुर्ण इसाइ धर्म प्रति आशा राख्ने मानिसहरु र अन्य धर्मका मानिसहरु पनि उपस्थिति थिए । नेपाल देशमा शान्ति कायमको लागि चुनाव सफल, मेलमिलापका लागि असल नेतृत्व खडा र्गनका लागि हरेक मानिसको मनमा मानवता भईरहोस् भनेर विशेष रुपमा पुर्व संसद : उषा पुणले भने' "सम्पुर्ण जातिले सबै धर्ममा अस्था राख्ने विभिन्न धार्मिक समुदायहरुले देशको चिन्ता फिक्रि गर्दै शान्तिको लागि प्रार्थना गरेर मात्र नभइ आफुमा नै इमान्दरिता देखाउने हो भने देश चाडैनै उन्नति तर्फ लाग्छ ।"