मंगलबार, मंसिर ११ गते २०८१

लामिछानेविरुद्ध मुद्दा दर्ता, आजदेखि थुनछेक बहस

लामिछानेविरुद्ध मुद्दा दर्ता, आजदेखि थुनछेक बहस

अखबार दैनिक
मंगलबार, कात्तिक १५ २०७९
  • लामिछानेविरुद्ध मुद्दा दर्ता, आजदेखि थुनछेक बहस

    कात्तिक १५ काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।

    images

    किशोरी बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध उक्त मुद्दा दायर गरिएको हो । मुद्दामाथि आजदेखि थुनछेक बहस हुनेछ ।


    सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग गरिएको छ । सरकारी वकिललाई प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सोही माग राखिएको थियो ।

    प्रहरी हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेका गर्दै आफू निर्दोष रहेको आफूले बलात्कार नगरेको बयान दिएका छन् ।

    लामिछानेलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले उनलाई गत असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार