कात्तिक १४ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक प्रतिबद्धतापत्रमा स्वास्थ्यका ८ विषय समेटिएका छन्।
प्रतिबद्धतापत्रमा काठमाडौंको वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी संचालन गर्ने, आधारभूत स्वास्थ्य सेवा सबै नागरिकलाई निःशुल्क तथा अनिवार्य गरिने, सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी बिमाको दायरामा ल्याईनेछ र सबै बीमितले आफूले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था गर्ने उल्लेख छ।
यस्तै वडा स्वास्थ्य केन्द्र” मार्फत वडाका प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाईल तयार गर्ने व्यवस्था,ज्येष्ठ तथा असक्त नागरिकको घर दैलोमा स्वास्थ्य सेवा स्वास्थ्य दिने उल्लेख छ।