मंगलबार, मंसिर ११ गते २०८१

बागी उम्मेदवार, समर्थक र प्रस्तावक पाँच वर्षका लागि निष्काशन

बागी उम्मेदवार, समर्थक र प्रस्तावक पाँच वर्षका लागि निष्काशन

अखबार दैनिक
बिहीबार , असोज २७ २०७९
  • बागी उम्मेदवार, समर्थक र प्रस्तावक पाँच वर्षका लागि निष्काशन

    काठमाडौं, २७ असोज । नेपाली कांग्रेसले मंसिर ४ मा हुने निर्वाचनमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्काशन गरेको छ ।

    images

    हिजो बुधवार नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्काशन गरिएको जानकारी गराएका हुन् ।

    गठबन्धनका दलले गत मंगलबार नै निर्देशन दिएर बुधवार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । तर केही नेताले उम्मेदवारी फिर्ता नलिएकाले कांग्रेसको विधान र आन्तरिक कानुनअनुसार पाँच वर्षका लागि निष्काशन गरिएको मुख्य सचिव पौडेलेले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार