एजेन्सी । जुलिया नामक आँधीले एल साल्भाडोरमा कम्तीमा आठ जनाको ज्यान लिएको छ । यस प्रकोपको कारण एक हजारभन्दा बढी मानिस आ–आफ्नो घरबाट विस्थापित भई शरणर्थीस्थलमाा पुगेका अधिकारीले सोमबार जानकारी दिएको छ ।
पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ भने घरमा रुख खसेर एक वृद्धको मृत्यु भएको आन्तरिक मन्त्री राउल जुआरेजले पत्रकार सम्मेलनमा भन्नुभएको छ ।
एउटा घरको पर्खाल भत्किँदा पाँच सैनिकको पनि मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । करिब एक हजार मानिस ३५ देखि ८१ शरणार्थीस्थलमा बसिरहेका बताइएको छ ।