आइतबार, मंसिर ९ गते २०८१

गोदावरी नगरपालिकामा डेङ्गु

गोदावरी नगरपालिकामा डेङ्गु

अखबार दैनिक
मंगलबार, असोज २५ २०७९
  • गोदावरी नगरपालिकामा डेङ्गु

    असोज २५ ललितपुर । गोदावरी नगरपालिकामा ज्वरो आएका  चार सय ५० व्यक्तिमध्ये एक सय ३२ जनालाई डेङ्गु  देखापरेको छ । गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाका अनुसार उक्त नगरपालिकाको  वडा नं ३, ११, १२, र १४ मा  डेङ्गुको बढी सङ्क्रमण बढी देखिएकाले नियन्त्रणका लागि  विभिन्न किसिमका क्रियाकलाप अपनाउँदै आइएको छ । 

    images

    रेडक्रस, जनप्रतिनिधि, वडाका स्वास्थ्यचौकी, महिला स्वास्थ्य स्वयम्सेविका, विद्यालय र बुद्धिजीवीले घर, कार्यालय, उद्योग विद्यालय आदिमा पर्चा बाँड्ने, पानी जम्ने ठाउँमा सरसफाइ गर्नाका साथै  सञ्चारमाध्यबाट जनचेतनासम्बन्धी गरिराखेको उहाँको भनाइ थियो ।  

    अहिले नगरपालिकामा डेङ्गुको सङ्क्रमण कम भए पनि सर्तक रहन अह्वान गरिएको र त्यसका लागि पारासिटामोललगायत औषधि पर्याप्त व्यवस्था गरिएको बताइएको छ । नेपालमा ३३ हजार ९७% मा डेङ्गु सङ्क्रमण भएकामा मृत्यु  हुनेको सङ्ख्या ४४ पुगेको जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार