मंगलबार, मंसिर ११ गते २०८१

करेन्ट लागेर एक व्यक्तिको मृत्यु

करेन्ट लागेर एक व्यक्तिको मृत्यु

अखबार दैनिक
शुक्रबार, असोज १४ २०७९
  • करेन्ट लागेर एक व्यक्तिको मृत्यु

    असोज १४ ललापटी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब  उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।

    images

    घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ  । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षणका लागि पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार