मंगलबार, मंसिर ११ गते २०८१

काठमाडौं उपत्यकाका १० ठाउँमा खसी बोकाको स्वास्थ्य परीक्षण सुरु

काठमाडौं उपत्यकाका १० ठाउँमा खसी बोकाको स्वास्थ्य परीक्षण सुरु

अखबार दैनिक
मंगलबार, असोज ११ २०७९
  • काठमाडौं उपत्यकाका १० ठाउँमा खसी बोकाको स्वास्थ्य परीक्षण सुरु

    असोज ११ काठमाडौं । दसैँ नजिकएसँगै सरकारले खसीबोकाको स्वास्थ्य परीक्षण आजबाट सुरु गर्ने भएको छ । पशुसेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो, यो क्रम दसैंको नवमीसम्म जारी रहनेछ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिदैछ ।

    images

    पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा।चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।


    कलंकी, टुकुचा, चन्द्रागिरी, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो । यो वर्षको दसैँमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार