असोज १० झापा । झापाको गौरादहमा थप एक जनामा डेंगु संक्रमण पुष्टी भएको छ ।
गौरादह नगरपालिका-४ स्थित चिउरा मिल का १८ वर्षिय एक युवकमा डेंगु देखा परेको गौरादह नगर अस्पतालका फोकल पर्सन रामकृष्ण जोशीले जानकारी दिए । संक्रमित बिरामीको अवस्था सामान्य रहेको जोशीले बताए ।
केहि दिन अघि मात्र पहिलो पटक गौरादह-१ गुरुङ्ग चोकका ८ वर्षिय बालकमा पनि डेंगु पुष्टी भएको थियो । यो सँगै गौरादहमा थप २ जनामा डेंगु संक्रमण पुष्टी भएको छ ।
गौरादह नगरपालिका का स्थानीयबासीले डेंगु संक्रमणको परिक्षण गर्नुपरेमा गौरादह-१ मा रहेको गौरादह नगर अस्पतालमा निःशुल्क परिक्षण गराउन सकिने गौरादह नगर स्वास्थ्य शाखाका सह -संयोजक गोविन्द श्रेष्ठले बताए ।