असोज ९ काठमाडौं । देशभर थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
३०२४ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । १०० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्जसमेत भएका छन्, भने कोरोनाको कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।