सोमबार, भदौ ३१ गते २०८१

प्रेमगीत-३ आजदेखि विश्वभर रिलिज

प्रेमगीत-३ आजदेखि विश्वभर रिलिज

अखबार दैनिक
शुक्रबार, असोज ७ २०७९
  • प्रेमगीत-३ आजदेखि विश्वभर रिलिज

    असोज ७ काठमाडौं । फिल्म प्रेमगीत-३ आजबाट रिलिज भएको छ । हिन्दी भाषामा समेत डब भएको यो फिल्म शुक्रवारबाटै नेपाल, भारत र विश्वभरका ५० भन्दा बढी देशका सिनेमा हलमा एक साथ प्रदर्शनमा आएको छ ।

    images


    नेपालमा आजदेखि नेपाली भाषामा रिलिज भएपनि हिन्दी डब भने घटस्थापनाबाट मात्र रिलिज हुने निर्माण पक्षले जानकारी गराएको छ । पहिलो पटक कुनै नेपाली फिल्मलाई हिन्दी डब गरेर विश्वकै ठुलो फिल्मी बजार मानिएको बलिवुडमा रिलिज गरिएकाले यस फिल्मको निकै चर्चा पाएको छ । 


    नेपालमा हिन्दी डबलाई विदेशी फिल्म सरह मान्यता दिनुपर्ने केहि फिल्म निर्माता र चलचित्र विकास बोर्डको प्रयास भने सरकारको हस्तक्षेपपछि असफल भएको छ । सरकारले हिन्दी डबलाई पनि नेपाली फिल्म नै भएको मान्यता दिएर सहज अवस्था बनाइदिएको छ ।

    विवाद र व्यापक प्रचार प्रसारका कारण फिल्मले नेपाली र बलिवुडको बक्स अफिसमा राम्रो प्रभाव पार्ने अनुमान गरिएको छ । पहिलो पटक बलिवुडमा हिन्दी डबमा रिलिज भएकोले सबैको नजर भारतको बक्स अफिसको कलेक्सनमा रहेको छ । शुरुवाती रिपोर्टमा भारतका अधिकांश हल हाउसफुल रहेको देखिएको छ ।  

    बलिवुडमा पनि फिल्म समिक्षकले फिल्मको राम्रो रिभ्यु गरेका कारण पनि यसको हाइप अझ बढेको छ । साथै फिल्मको अग्रिम बुकिङ पनि आक्रमक देखिएको छ । देशभरका अधिकांश सिंगल हलले प्रेम गीत-३ रिलिज गरेका छन् भने मल्टीप्लेक्सहरुमा सर्वाधिक शो पाएको छ ।

    छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको यस फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ लगायतको अभिनय रहेको छ । ‘प्रेमगीत ३’बाट क्रिस्टिनाले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ