असोज ७ लमजुङ । भूगोलविद् डा.हर्क गुरुङको १६औँ स्मृति दिवसका अवसरमा आज बेँसीसहर नगरपालिकामा रहेको शालिकमा माल्यार्पण गर्दै संविधानसभा सदस्य एवं नेकपा (एमाले) केन्द्रीय सदस्य जमिन्द्रमान घले । लमजुङको मस्र्याङ्दी गाउँपालिका–७, तरांचे ताङ्लीचोकमा विसं १९९५ पुस २१ गते जन्मनु भएका गुरुङ विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा विसं २०६३ असोज ७ गते हेलिकप्टर दुर्घटना हुँदा उहाँसहित २४ जनाको मृत्यु भएको थियो ।